पृष्ठभूमि

संघियता लागु हुनु अघि वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतको केन्द्रिय वन तालिम तथा प्रसार केन्द्रको मातहात पाँच वटा विकास क्षेत्रमा क्षेत्रिय तालिम केन्द्र सञ्चालनमा रहेका थिए । तेसैगरी वन क्षेत्रमा हुने अनुसन्धानका काम वन अनुसन्धान तथा सर्वेक्षण विभागले नै गर्दै आइरहेको थियो । नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात भएको संगठन संरचना अन्तर्गत केन्द्रमा रहेका वन अनुसन्धान तथा सर्वेक्षण विभाग र केन्द्रिय वन तालिम तथा प्रसार केन्दको समायोजन गरी वन अनुुसन्धान तथा प्रशिक्षण केन्दको स्थापना गरियो । सो क्रममा पाँच वटा विकास क्षेत्रमा रहेका क्षेत्रीय वन तालिम केन्दलाई पाँच प्रदेशमा र थप दुईवटा प्रदेशमा पनि समायोजन गरी सात वटै प्रदेशका तालिम केन्द्रहरुमा रिसर्च समूह थप गरी प्रदेश सरकारको मातहात वन अनुुसन्धान तथा प्रशिक्षण केन्द स्थापना भई सञ्चालनमा रहेको छ ।

वि.सं. २०५० मा पश्चिमाञ्चल क्षेत्रमा स्थापना भएको पश्चिमाञ्चल क्षेत्रीय वन तालिम केन्द्र हाल जारी संविधान पश्चात भएको व्यवस्थाअनुरुप गण्डकी प्रदेश सरकारको मातहात वन अनुुसन्धान तथा प्रशिक्षण केन्द्रको रुपमा वि.सं. २०७५मा स्थापना भई सञ्चालनमा रहको छ । वन अनुुसन्धान तथा प्रशिक्षण केन्द्रप्रदेश स्तरमा वन, वातावरण सम्बन्धी आवश्यक अध्ययन, अनुसन्धान कार्य तथा यस मन्त्रालय अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गरी सक्षम र प्रभावकारी बनाउन आवश्यक तालिम प्रदान गर्ने निकाय हो ।

यस केन्द्रले अधिकृतस्तर देखि श्रेणी विहिन(प्रा.) सम्मका कर्मचारीहरुलाई तालिम दिंदै आएको छ । गण्डकी प्रदेश अन्तर्गत ११ वटा डिभिजन वन कार्यालयहरु (मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा, लमजुङ, तनहूँ, स्याङ्जा, कास्की, पर्वत, वाग्लुङ, नवलपरासी (बर्दघाट सुुस्तापूूर्व), २ वटा भू–तथा जलाधार व्यवस्थापन कार्यालयहरु (पर्वत र तनहु), १ वटा ढोरपाटन शिकार आरक्ष पनि यस केन्द्रको कार्य क्षेत्र भित्र रहेको छ । उपरोक्त कार्यालयहरुका अलावा पञ्चासे संरक्षित वन कार्यक्रम, बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना तथा मनास्लुु संरक्षण क्षेत्र आयोजनामा रहेका निम्न स्तरदेखि मध्यम स्तरीय फिल्ड कर्मचारीहरुलाई आवश्यक पर्ने तालिमहरु संचालन गरी उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउनु यस वन अनुुसन्धान तथा प्रशिक्षण केन्द्रको मुख्य कार्य हो ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र © 2025 Frontier Theme